मेभोक्स हेलमेट अब नेपाली बजारमा, मूल्य २ हजारदेखि ४ हजार रुपैयाँसम्म

  २०७५ चैत १७ गते १५:५९     विकासन्युज


काठमाडौँ । केही दिन पहिले मात्र भारतीय बजारमा लन्च गरिएको मेभोक्स हेलमेट अब नेपाली बजारमा समेत उपलब्ध भएको छ । सन्धार एमकिन इन्डष्ट्रिजले उत्पादन गरेका मेभोक्स ब्रान्डका भारतीय हेलमेट नेपाली बजारमा सत्यदीप इन्टरनेसनलले उपलब्ध गराएको हो ।

फुल फेस र ओपन फेस गरी दुई मोडलमा उपलब्ध यी हेलमेटको मूल्य २ हजार ४ सय देखि ४ हजार ८ सय रुपैयाँ सम्म छ । मेभोक्स हेलमेट ओएक्स १०, ओएक्स ११ र एफएक्स म्याक्स गरी चार भेरिएन्टमा उपलब्ध छ । यी हेलमेटमा यूभी रेजिस्टेन्ट पेन्ट गरिएको छ । त्यसैगरी बर्षात्को मौसमलाई ध्यानमा राखी हेलमेटमा वाटर टाइट इन्टरफेस भाइजर प्रयोग गरिएको छ ।

हेलमेटलाई मजबुत बनाउनका लागि कम्प्याक्ट डिजाइन स्ट्रक्चर प्रयोग गरिएको छ । अगाडिको दृश्य राम्रो देख्न र हेलमेट कोरिनबाट बचाउनका लागि समेत यसमा विशेष व्यवस्था गरिएको छ । राइडरको सुरक्षाका लागि यसमा धेरै फिचरको प्रयोग गरिएको कम्पनीको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.