एनआईसी एशिया बैंकद्धारा पशुपति क्षेत्र विकास कोषलाई वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण

  २०७५ चैत १५ गते १९:०९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले पशुपति क्षेत्र विकास कोषलाई ४ थान वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको वित्तीय सहयोगमा उक्त शौचालय हस्तान्तरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रोशनकुमार न्यौपाने तथा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरेका हुन् ।

वातावरण मैत्री घुम्ती शौचालयको सहि प्रयोजन तथा सम्बद्र्धनबाट दर्शनार्थीहरुले पाशुपत क्षेत्र दर्शन भ्रमणमा सहयोग पुग्ने बैंक सीईओ रोशनकुमार न्यौपानेले बताए ।

साथै, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले यस शौचालय वातावरण मैत्री भएको कारणले गर्दा वातावरण थप अनुकुल हुने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.