कर्मचारी सञ्चय कोषमा ३३ जनाको लागि जागिर खुल्यो, कुन पदमा कति ?

  २०७५ चैत १५ गते १४:४१     विकासन्युज


काठमाडौँ । कर्मचारी सञ्चय कोषमा ३३ जनाको लागि जागिर खुलेको छ । कोषले आज कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरी नौ तहको वरिष्ठ प्रबन्धक देखि ४ तहको सहायक पदसम्म खुला प्रतियोगिताद्वारा कर्मचारी माग गरेको हो ।

चैत १५ गतेदेखि नै आवेदशन दिन सकिने कोषले जनाएको छ । शुक्रबारदेखि २१ दिनसम्म आवेदन दिन सकिने छ । वरिष्ठ प्रबन्धक(प्रशासन)मा १, प्रबन्धकमा(प्रशासन) १, उपप्रबन्धकमा(प्रशासन) १, उपप्रबन्धक(चार्टड एकाउण्टेण्ट) ३, उपप्रबन्धक(वित्त विश्लेषक) २, सहायक प्रबन्धकमा(प्रशासन) १७, सहायक प्रबन्धकमा(कम्प्युटर) १ र सहायकमा(प्रशासन) ७ जना गरी ३३ जनाको लागि जागिर खुलाइएको हो ।

विस्तृतमा बिज्ञापन हेर्नुहोस्:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.