नेशनल लाईफ इन्स्योरेन्सको १३.५ प्रतिशत बोनस पारित, बीमा शुल्क ५०६ करोड

  २०७५ चैत १५ गते १४:०९     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको १३.५ प्रतिशत बोनस प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको ३०औँ वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेबमोजिम कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७३/७४(गत आव)को लागि चुक्ता पुँजीको सो मात्राको बोनस सेयर बितरण गर्ने छ । साथै, सभाले कर प्रयोजनको लागि नगद लाभांश एक करोड ८८ लाख रुपैयाँ पारित गरेको छ ।

गत आवमा कम्पनीले कूल ५०६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको कम्पनीका अध्यक्ष प्रेमा सिंहले बताएकी छिन् । सो अवधिमा कम्पनीले १६९ करोड रुपैयाँ कूल दावी भुक्तानी गरेको एवम् द्धज्ञ करोड रुपैयाँको खुद मुनाफा आर्जन अध्यक्ष सिंहले जानकारी दिएकी छिन् ।

यसैगरी आर्थिक वर्ष २०७३/७४को अन्तसम्ममा कम्पनीको कुल लगानी १९.४२ प्रतिशतले बृद्धि भई १६ अर्ब ९६ करोड पुगेको छ । कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २०.८० प्रतिशतले वृद्धि भई २०७४ असार मसान्तसम्ममा १७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

गत साधारण सभाबाट पारित निर्णय अनुसार ६० प्रतिशत हकप्रद सेयर र बोनस सेयर वितरण पश्चात कम्पनीको कूल चुक्ता पूँजी ३ अर्बभन्दा बढी इन्स्योरेन्सले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.