यूनिभर्सल पावरको वार्षिक साधारणसभा जेठ २० गते, कम्पनी सचिवमा श्रेष्ठ नियुक्त हुँदै

  २०७५ चैत १५ गते १२:५२     विकासन्युज

काठमाडौं । यूनिभर्सल पावर कम्पनीले आगामी २०७६ जेठ २० गते वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा उक्त दिन गर्न लागेको हो ।

उक्त सभाले कम्पनीको कम्पनी सचिव परिवर्तन गरी देबबहादुर श्रेष्ठलाई नियुक्त गर्दै छ । साथै, कम्पनीका संचालक पुष्पेन्द्र भट्टराईले दिएका राजीनामालाई जेठ २० गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने कम्पनीले जनाएको छ ।

उक्त निर्णय कम्पनीको २०७५ चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.