कर्मचारी समायोजन सम्पन्न, २० हजार पदमा लोकसेवा खुल्ने

  २०७५ चैत १५ गते ८:४९     विकासन्युज

काठमाडौं । कर्मचारी समायोजनसँगै सरकारले संघ, प्रदेश र स्थानीय गरी तीनै तहमा झन्डै २० हजार पदमा लोकसेवा खुलाउने गृहकार्य अघि बढाएको छ । कुन तहमा कति भर्ना खुल्ने भन्ने संख्या भने सरकारले निक्र्योल गर्न सकेको छैन ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बिहीबार समायोजन प्रक्रिया सम्पन्न भएको घोषणा गर्दै लोकसेवा खुलाउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले चैत अन्तिम सातासम्ममा लोकसेवा खुलाउने कार्यले मूर्त रूप पाउने स्पष्ट पारे ।

सरकारी पक्ष लामो समयसम्म कर्मचारी समायोजनमा अल्झिँदा लोकसेवाका परीक्षा अवरुद्ध हुँदै आएको थियो । ‘संघीयता कार्यान्वयनको एउटा महत्वपूर्ण चरण पूरा गरेका छौं,’ मन्त्री पण्डितले तीनै तहमा समायोजन भएका कर्मचारीको अन्तिम विवरण सार्वजनिक गर्दै भने, ‘अब सबै पदमा लोकसेवा परीक्षाको बाटो खुला भएको छ ।’

मन्त्री पण्डितका अनुसार तीनवटै तहमा गरी १ लाख ३१ जना कर्मचारीको समायोजन गरिएको छ । जसअनुसार संघमा स्वीकृत ४८ हजार ४०९ दरबन्दीमा ३९ हजार ९६० कर्मचारी समायोजन भएका छन् भने स्थानीय तहमा स्वीकृत ६६ हजार ९०८ दरबन्दी मध्ये ४३ हजार ८०७ र प्रदेशमा स्वीकृत २२ हजार २९७ मध्ये १३ हजार ८२१ कर्मचारी समायोजन भएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.