ग्लोरी–५८० मोडलको एसयूभी नेपाली बजारमा

  २०७५ चैत १४ गते १५:५८     विकासन्युज


काठमाडौँ । नेपाली बजारमा ब्राण्ड डोड्फेड सकोन(डीएफएसके) को ग्लोरी–५८० मोडलको एसयूभी भित्रिएको छ । नेपालको लागि उक्त गाडी कुजु नेपाल प्रालिले भित्र्याएको हो । उक्त गाडीको बिक्री विहीबार देखि नै शुरु भएको छ ।

डीएफएसकेको ग्लोरी–५८० को कम्प्याक एसयूभीमा १.५ लिटर टर्बोचाज्ड इञ्जिन रहेको छ । जसमा अटोमेटिक सीभीटी ट्रासमिसन रहेको छ । नेपाली बजारमा यी एसयूभीहरु इण्डोनेशियाली प्लान्टबाट उत्पादन भएका हुन् ।

ग्लोरी–५८० को नेपाली बजारमा लग्जरी भेरियन्ट र म्यानुयल ट्रान्समिसन उपलब्ध रहेको छ । यसको मूल्य ६२ लाख ८० हजार रुपैयाँदेखि ६९ लाख ९९ हजार ५ सय रुपैयाँ राखिएको कम्पनीले जनाएको छ । गाडी बिक्रीपछिको सेवालाई मध्येनजर गर्दै कम्पनीले ललितपुरको जुवागलमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.