शिवम् सिमेन्टले १५ प्रतिशत नगद लाभांश दिने

  २०७५ चैत १४ गते १५:०६     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत नगद लाभांश सेयर दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव चैत १३ गते बसेको संचालक समितिको बैठकले करसहित सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

कम्पनीले गत वर्षकाे नाफाबाट लाभांश वितरण गर्न लागेकाे हाे । कम्पनीकाे साधारणसभा बैशाख ९ गते हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.