सिजी फुड्स र ग्लोकल प्रालीले ग्लोकल टिन हिरोको सम्झौतालाई जारी राख्ने

  २०७५ चैत १३ गते १९:०४     विकासन्युज

काठमाडौं । काठमाडौंमा सम्पन्न भएको सम्झौता कार्यक्रममा सिजी फुड्स र ग्लोकल प्रालीले ग्लोकल टिन हिरोलाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता भएको छ ।

सिजी फुड्सका सीईओ जीपी शाहले भने, “यो सुरुवातले सकारात्मक परिवर्तन ल्याउन मदत गर्दै किशोर किशोरीलाई फाइदा पुर्याएको छ । त्यहि विश्वासले हामी किशोर किशोरीको विकासलाई सहयोग दिगो सम्झौतालाई निरन्तरता दिँदैछौँ । यो पहिचानले उनीहरुको ध्येय प्राप्तिमा सहयोग गर्ने छ ।”

ग्लोकल प्रालीका कार्यकारी निर्देशक आशिष ठाकुरले वाई वाईसंगको सम्झौतालाई निरन्तरता दिँदै किशोर किशोरीको सुरुवातलाई उत्थान गरी शशक्तिकरण गर्न अझै अघि बढ्ने बताएका छन् ।

यस कार्यक्रमले किशोर-किशोरीहरुलाई उत्प्रेरित र सशक्तिकरण गरेर उनीहरुको उत्साह, रचनात्मक र सुरुवातको राष्ट्रिय सम्मान गर्न अझै प्रोत्साहित गरेको छ । साथै, यो बर्षको वाई वाई ग्लोकल टिन हिरो लागि आवेदन २०७६ साल बैशाख २१ गते खुल्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.