ललितपुरको मंगलबजारमा कला तथा संस्कृति महोत्सव शुरु

  २०७५ चैत १३ गते १६:४०     विकासन्युज

काठमाडौं । ललितपुरको मंगलबजारमा कला तथा संस्कृति महोत्सव शुरु भएको छ । महोत्वसको बुधबार उपराष्ट्रपति नन्दबहादुर पुनले एक समारोहका बीच उद्घाटन गरे ।

५ दिनसम्म हुने कला तथा संस्कृति महोत्सव उद्घाटन गर्दै उपराष्ट्रपति पुनले–अरनिकोले शुरु गरेको हस्तकलाले आज विश्वमा परिचित भएको बताउँदै नेपालबाट बढी मात्रामा निर्यात हुने हस्तकला व्यापारमा आगामी दिनमा संकटमा आउने देखिएको बताए ।

उक्त कार्यक्रममा उनले विश्व कला परिषद्ले ३५ औं कला नगरको रुपमा ललितपुर नगर घोषणा गर्दा नेपालीहरुको शिर उच्च हुन पुगेको बताए । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगर विकासमा सरकारले पर्याप्त लगानी नगरेको बताए ।

त्यस्तै, विश्व कला परिषद्का उपाध्यक्ष धर्मराज शाक्यले ‘फरक-फरक कला कृतिहरु रहेको ललितपुर नगरका कला संस्कृति आगामी पुस्तामा हस्तान्तरण गर्नका साथै उत्पादन एवम् वितरणमा सहयोग गर्न विश्व कला परिषद् तत्पर रहेको बताए ।

ललितपुरमा पुरानो शैलीका मठमन्दिर र करिब १६५ विहार रहेको रहेका छन् । सोहि स्थानिय कला संस्कृति विस्तारका एवम् जर्गेनाका लागि उक्त महोत्सव आयोजना गरेको आयोजक समितिले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.