भक्तपुर र पश्चिम रुकुममा जेसीबीको आधिकारिक बिक्री केन्द्र खुल्यो

  २०७५ चैत १२ गते १७:४७     विकासन्युज


काठमाडौँ । नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले भक्तपुर र रुकुममा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ ।  दुवै नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउने कम्पनीले जनाएको छ । भक्तपुरको आउटलेटको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट गोपालकुमार अग्रवाल र बी एन्ड के इन्टरप्राइजेजका अध्यक्ष बिकुलाल सुवालले संयुक्त रुपमा गरेका थिए ।

भक्तपुर र आसपासका क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजता र सुलभताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको बी एन्ड के इन्टरप्राइजेजका प्रबन्ध निर्देशक केशव सुवालले बताए ।

उद्घाटन समारोहमा जेसीबी इन्डियाका एरिया सेल्स म्यानेजर बाल कृष्ण बस्याल, जेसीबी इन्डियाका राजकुमार मुदालायर, युसेप नेपालका कार्यकारी निर्देशक विपिन आचार्य, भक्तपुर इटा व्यवसायी संघका अध्यक्ष नातीभाइ हेम्बा र एमएडब्लु अर्थमुभर्सका सेल्स एन्ड मार्केटिङ डिजिएम दिपकराज गिरी लगायतको उपस्थिति थियो ।

एमएडब्लुले गत साता पश्चिम रुकुममा पनि एआरओ शुरु गरेको थियो, जसको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले गरेका थिए । उद्घाटन समारोहमा सल्यान, पूर्वी रुकुम र पश्चिमी रुकुममा ग्राहकहरुको उपस्थिति थियो । यी सहित जेसीबीले नेपालमा १२ वटा ‘एआरओ’ स्थापना गरिसकेको छ । गल्छी, गोरखा, चरिकोट, लहान, डडेलधुरा, अर्घाखाँची, प्युठान र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक विक्री केन्द्र संचालन भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.