चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ घाइते, ६ जनाको वयोधा अस्पतालमा उपचार हुँदै

  २०७५ चैत १२ गते १५:२५     विकासन्युज

काठमाडौँ । पुरानो वसपार्कबाट दक्षिणकाली रुटमा चल्ने ना३ख १४४४ नम्बरको यात्रुबाहक बस मंगलबार बिहान दुर्घटना भएको छ । दुर्घटनामा परी २४ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा चाल्नाखेल स्थित हात्तीवनमा सो बस दुर्घटना भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टका अनुसार बस हिलो सडकमा चिप्लिएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका मध्ये हाल ६ जनाको बल्खु स्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ । उपचारका लागि पुगेका १५ जना मध्ये ६ जनाको अवस्था गम्भीर भएकाले भर्ना गरेर उपचार भइरहेको हो । बाँकी ९ जना सामान्य उपचार पछि घर फर्किएको बयोधा अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. शशी झाले बताए ।

हातको हड्डी भाँचिएको र टाउकोमा समेत चोट लागेकाले माइती थिङ, मञ्जु भट्टराई र अजय महर्जनलाई आइसीयूमा राखेर उपचार भइरहेको छ । आइसीयूमा राखेपनि उनीहरुको अवस्था गम्भीर नभएको डा. झाले बताए । बाँकी ३ जनाको भने जनरल वार्डमा राखेर उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.