आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला चैत १४ देखि १८ गतेसम्म हुँदै, तयारी पूरा

  २०७५ चैत १२ गते १५:२६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ । मेला आगामी चैत १४ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्पमा हुने महासंघले जानकारी दिएको छ ।

मेलाका लागि चीनबाट ९०, भारतबाट १० र बंगलादेशबाट ४० वटा स्टल बुकिङ भइसकेका छन् । मेलामा नेपाली हस्तकला र एनटीआईएस वस्तुको मेलामा स्टल रहने छन् ।

वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टका रूपमा मेला आयोजना हुन लागेको हो । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०१९ आठौं संस्करण हो ।

महासंघका अध्यक्ष भवानी राणाले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला र लगानी सम्मेलनसंगै परेकाले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन मौका  भएको बताइन् । लगानी सम्मेलनमा आउने विदेशी प्रतिनिधि र सार्क क्षेत्रका अन्तर्राष्ट्रिय प्रतिनिधिको समेत मेला अवलोकनमा सहभागिता जनाउने राणाले बताइन ।

२५० बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । मेलामा नेपालसहित सार्क मुलुक, चीन, थाइल्यान्ड, म्यानमार लगायत देशहरूको सहभागिता रहनेछ । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी, शिक्षा लगायतका छुट्टाछुट्टै स्टल रहने छन् ।

मेला समितीका सभापती दिलसुन्दर श्रेष्ठले मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रूपमा हेरिएको बताए । मेलामा स्वदेशी र विदेशी गरी करिब एक लाखले अवलोकन गर्ने लक्ष्य राखिएको बताए । मेलको सम्पुर्ण तयारी सकिएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.