मोट्रेक्सले अटोमोवाईल बजारमा ७ वर्ष एकाधिकार माग्यो, गाडीकाे मूल्य ४० प्रतिशत घटाउने दावी

  २०७५ चैत ११ गते १०:०२     विकासन्युज

काठमाडौं । सरकारले मोटर उत्पादन र व्यापार गर्न लाईसेन्स दिएको मोट्रेक्स कम्पनी लिमिटेडले नेपालको अटोमोवाइल्स बजारमा एकाधिकार मागेको छ । उसले ७ वर्षसम्म कुनै पनि कम्पनीलाई लाईसेन्स दिन नहुने र ७ वर्षपछि पनि १० करोड अमेरिकी डलर भन्दा कम लगानी गर्ने कम्पनीलाई अनुमति नदिन माग गरेको छ ।

यस्तो माग गरेको कम्पनीलाई गत फागुन २९ गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैंठक विदेशी लगानी अनुमति स्वीकृति दिएको छ । लगानी बोर्डको पैतिसौ बैठकको माइन्यूटको अनूसूचि २ मा लेखिएको छ–‘सो कम्पनीको उल्लेखित परियोजना प्रस्तावमा भेइकल म्यानुफ्याक्चरिङ एसेम्ब्ली प्लान्ट निर्माण सम्पन्न भएको ७ वर्षसम्म यस्तै प्रकृतिका अन्य भेइकल म्यानुफ्याक्चरिङ एसेम्ब्ली प्लान्टलाई अनुमति नदिने तथा ७ वर्षपछि पनि यस्तै प्रकृतिका यूएस डलर १०० मिलियन भन्दा ठूला परियोजनालाई मात्र अनुमति दिनुपर्ने शर्त छ ।’

मोट्रेक्सले मोतिपुर औद्योगिक क्षेत्रमा एसेम्ब्ली प्लान्ट लगाउने र ९/१० महिनाभित्र उत्पादन शुरु गर्ने जनाएको छ । परियोजनामा १० अर्ब ५४ करोड रुपैयाँ लगानी गर्ने उसको प्रस्तावलाई लगानी बोर्डले स्वीकृत दिएको छ ।

यस कम्पनीले वार्षिक ५० हजार निजी तथा व्यवसायिक सवारी उत्पादन गर्ने लक्ष्य राखेको छ । कम्पनीले पहिलो वर्षमा ५ हजार ८२०, दोस्रो वर्षमा ९ हजार ५३०, तेस्रो वर्षमा १५ हजार ८० र चौथो वर्षमा २० हजार मोटर उत्पादन गर्ने लक्ष्य लिएको छ ।

सवारी उत्पादनमा अनुभव शुन्य भएको यस कम्पनीले सरकारी अधिकारीहरुलाई प्रभाव पार्न विदेशमा किनेर ल्याउने सवारी साधानभन्दा ४० प्रतिशत सस्तो मोटर उत्पादन गर्ने जनाएको छ ।

कम्पनीले गाडी आयात र बिक्री वितरण पनि गर्न पाउनुपर्ने माग राखेको छ । उसले एसेम्ब्ली प्लान्ट राख्द, एसेम्ब्ली पार्टस् आयात गर्दा लाग्ने सबै भन्सार छुट दिनु पर्ने र आयकरमा छुट दिनुपर्ने प्रस्ताव गरेको छ ।

माेट्रेक्सले उत्पादन गर्ने सवारीमा प्रयाेग हुने इन्टरटेन्टमेन्टका सामाग्री

सवारी आयात तथा बिक्री वितरणमा नेपाली व्यवसायीहरु अब्बल देखिएकोले सरकारले मोट्रेक्सलाई गाडी आयात र बिक्री वितरणमा पूर्णत रोक लगाउनु पर्ने व्यवसायीहरुले बताएका छन् । तर सरकारलाई कुनै आर्थिक भार मोट्रेक्सको प्रस्ताव कार्यान्वयनमा लैजान लागिएको लगानी बोर्डका अधिकारीहरुको दावी छ ।

विवादका विषय टुङ्गाउन लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत संयोजक रहेको वार्ता टोली पनि गठन गरिएको छ । उक्त टोलीमा अर्थमन्त्रालय, उद्योग, वाणिज्य आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका सहसचिवहरु र लगानी बोर्डको उपसचिव सदस्य रहेका छन् ।

अनुभव छैन, वित्तीय अवस्था खस्कदाे

कोरियामा मोटरको स्पेयर पार्टस उत्पादन गर्दै आएको कम्पनी ‘मोट्रेक्स’ सँग सवारी उत्पादन गरेको अनुभाव छैन । यो कम्पनीले प्रविधिमा आधाररित पार्टस्हरु अडियो भिज्युअल नेभिगेशन र अडियो भिडियो लगायतका इन्टरटेन्टमेन्टका सामाग्री उत्पादन गर्दै आएको छ ।
तर पछिल्लो समय यस कम्पनीको वित्तीय अवस्था खस्कदै गएको छ । अन्तराष्ट्रिय बजारमा यस कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । एक वर्षमा यस कम्पनीको सेयर मूल्य ४६ प्रतिशतले घटेको छ । सन् २०१८ जुनमा प्रतिकित्ता ७ हजार ५६० कोरियन वन रहेकोमा २०१९ मार्चमा ४ हजार ७० कोरियन वनमा झरेको छ ।

‘वित्तीय अवस्था खस्कदै गएको कम्पनीलाई लाईसेन्स दिनु लाईसेन्सको व्यापार गर्न अनुमति दिनु हो’ एक जना अनुभवी व्यवसायीले भने–‘उत्पादनमा अनुभव नभएको कम्पनीलाई उत्पादन र बिक्री वितरण दुबै कामको लागि अनुमति दिनु भनेको सवारी व्यापारमा विदेशी लगानी भित्र्याउनु हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.