एनआईसी एशिया क्यापिटलको सिइओमा रायमाझी नियुक्त

  २०७५ चैत १० गते १८:१६     विकासन्युज

काठमाडौँ । एनआइसी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रमेन्द्र रायमाझी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको ५५औँ बैठकले सिइओमा रायमाझी नियुक्त गर्ने निर्णय गरेको हो ।

रायमाझीले विगत ११वर्ष भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय क्षेत्रको अनुभव हासिल गरेका छन् ।  विगतको कार्यसम्पादन तथा कार्य अनुभवहरुबाट उनको कार्यकालमा,उनको नेतृत्वमा क्यापिटलको समग्र व्यवसायमा बिस्तार हुनुका साथै क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सुविधाहरुमा उत्कृष्ट रहने कम्पनीले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.