लगानी सम्मेलनः सरकारले प्रस्तुत गर्ने ६३ परियोजनामा निजगढ बिमानस्थल सबैभन्दा ठूलो

  २०७५ चैत १० गते ११:३३     विकासन्युज


काठमाडौँ । यही चैत १५ र १६ गते नेपालमा लगानी सम्मेलन हुँदैछ । सरकार लगानी सम्मेलनको तयारीमा जुटिरहेको छ । लगानी सम्मेलनमा प्रस्तुत गर्नका लागि सरकारले ६३ वटा योजना छनौट गरिसकेको छ । सहरी पूर्वाधार, यातायात पूर्वाधार, पर्यटन पूर्वाधार, कृषि, स्वास्थ्य तथा शिक्षा, ऊर्जा र औद्योगिक पूर्वाधारका योजना सरकारले छनौट गरेको हो ।

लगानी बोर्डले ४७ वटा र निजी क्षेत्रबाट तयार गरिएका १७ परियोजना लगानी सम्मेलनमा प्रस्तुत हुनेछ । लगानी सम्मेलनमा सबैभन्दा ठूलो परियोजनाका रुपमा निजगढ बिमानस्थल निर्माणको योजना प्रस्तुत गरिने छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागत ६ अर्ब ५६ करोड ५० लाख डलर अनुमान गरिएको छ ।

सहरी पूर्वाधारतर्फ ७, यातायात पूर्वाधारतर्फ १०, पर्यटन पूर्वाधारतर्फ १०, कृषितर्फ ८, स्वास्थ्य तथा शिक्षातर्फ ३, उर्जातर्फ ७, औद्योगिक पूर्वाधार ३ गरी ४७ वटा र निजी क्षेत्रले तयार पारेको १७ परियोजना गरी कूल ६३ वटा परियोजना लगानी सम्मेलनमा प्रस्तुत गरिने छ ।

यस्ता छन् ६३ परियोजना र तिनको लागत :

सहरी पूर्वाधार
-हेटौँडा स्मार्ट सिटी हेटौँडा– ३० करोड डलर
-एकीकृत फोहोर व्यवस्थापन धुलिखेल– ४३ लाख डलर
-एकीकृत फोहोर व्यवस्थापन जितपुर–सिमरा– ८३ लाख डलर
-एकीकृत फोहोर व्यवस्थापन रत्ननगर– ५५ लाख डलर
-एकीकृत फोहोर व्यवस्थापन बुटवल– ८५ लाख डलर
-एकीकृत फोहोर व्यवस्थापन जनकपुर– ६४ लाख डलर
-नेपाल इन्टरनेसनल कन्भेन्सन एन्ड एक्स्पो सेन्टर मध्यपुर ठिमी– १ करोड ६० लाख डलर

यातायात पूर्वाधार
-विराटनगर क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल विराटनगर– ३६ करोड ४० लाख डलर
-काठमाडौं चक्रपथमा बर्स यापिड ट्रान्जिट ९बिआरटी०– १४ करोड ९५ लाख डलर
-पूर्व–पश्चिम विद्युतीय रेल– ३ अर्ब डलर
-इन्टरस्टेट एन्ड इन्ट्रास्टेट पब्लिक ट्रान्सपोटेसन प्रोजेक्ट सुदूरपश्चिम– ४ करोेड ३० लाख डलर
-काठमाडौं–पोखरा–लुम्बिनी रेल्वे– २ अर्ब ८३ करोड डलर
-काठमाडौं भ्याली मेट्रो काठमाडौं ९७७.२८ किमि०– ५ खर्ब ४७ अर्ब १७ करोड रुपैयाँ
-निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बारा– ६ अर्ब ५६ करोड ५० लाख डलर
-र्यापिड पब्लिक ट्रान्सपोर्ट अन रामग्राम–तिलौराकोट (बुद्धिस्ट सर्किट) मेनोरेलका लागि २ अर्ब ३० करोड डलर र बस र्यापिड ट्रान्जिट (बीआरटी)का लागि २० करोड २० लाख डलर
-काठमाडौं बाहिरी चक्रपथ विकास (७२ किमि)– १ अर्ब ८७ करोड १० लाख डलर
-सामाखुसी–टोखा–छहरे सडक स्तरोन्नति (३४.२ किमि)– २६ करोड ५० लाख डलर

पर्यटन पूर्वाधार
-दमौली मल्टिपर्पोज प्रोजेक्ट– ५ करोड ५० लाख डलर
-दोलखा माउन्टेन एकेडेमी दोलखा– ४ करोड ५० लाख डलर
-ड्रिमल्यान्ड धुलिखेल– ४ करोड ३० लाख डलर
-फिल्म सिटी दोलखा– २ करोड ५० लाख डलर
-गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय प्रसूति अस्पताल लुम्बिनी– ३ करोड ९० लाख डलर
-जानकी हेरिटेज होटेल एन्ड कल्चरल भिलेज धनुषा– २ करोड डलर
-लक्जरी रिसोर्ट, सेफोक्सुन्डो– १० करोड डलर
-स्की रिसोर्ट मनाङ– १० करोड डलर
-तालतलैया थिम पार्क विथ होटेल इटहरी– ४१ लाख डलर
-दी खप्तड टुरिजम, खप्तड नेसनल पार्क– १८ करोड ७० लाख डलर

कृषि
-केमिकल फर्टिलाइजर प्लान्ट– ६५ करोड डलर
-इन्टिग्रेटेड एग्रिकल्चर, वीरेन्द्रनगर सुर्खेत – ३१ लाख डलर
-इन्टिग्रेटेड एग्रिकल्चर चितवन र बनेपा- ४४ लाख डलर
-इन्टिग्रेटेड एग्रिकल्चर गोदावरी अत्तरिया- ३१ लाख डलर
-इन्टिग्रेटेड एग्रिकल्चर हेम्जा पोखरा- ५६ लाख डलर
-इन्टिग्रेटेड एग्रिकल्चर पर्सागढी पर्सा- ६१ लाख डलर
-इन्टिग्रेटेड एग्रिकल्चर तिलोत्तमा मणिग्राम- ६५ लाख डलर
-इन्टिग्रेटेड एग्रिकल्चर उर्लाबारी मोरङ– ५४ लख डलर

स्वास्थ्य तथा शिक्षा
-धुलिखेल मेडिसिटी- ७ करोड ४० लाख डलर
-एजुकेसन, हेल्थ एन्ड स्पोर्टस् सिटी- १० लख डलर
-गण्डकी टेक्निकल युनिभर्सिटी- ६ करोड १० मिलियन डलर

ऊर्जा
-नल्सिङ गाड हाइड्रोइलेक्ट्रिक- ७३ करोड ९३ लाख डलर
-एसआर6 स्टोरेज हाइड्रोइलेक्ट्रिक-१ अर्ब १७ करोड ५० लाख डलर (ड्राफ्ट रेट ०.८ का लागि)
-सुनकोसी–दोस्रो स्टोरेज हाइड्रोइलेक्ट्रिक- १ अर्ब २ करोड ७० मिलियन डलर
-सुनकोसी–तेस्रो स्टोरेज हाइड्रोइलेक्ट्रिक- ५८ करोड २० लाख डलर
-तमोर स्टोरेज हाइड्रोइलेक्ट्रिक- १ अर्ब २१ करोड ७४ लाख डलर

-पश्चिम सेती र एसआर ६ ज्वाइन्ट स्टोरेज हाइड्रोइलेक्ट्रिक-१ अर्ब ९ करोड ७७ लाख डलर

-पश्चिम सेती स्टोरेज हाइड्रोइलेक्ट्रिक- १ अर्ब करोड ९ करोड ७७ लाख लाख डलर

औद्योगिक पूर्वाधार
-औद्योगिक पार्क मोतीपुर- ८ करोड २७ लाख मिलियन डलर
-औद्योगिक पार्क, नौवास्ता बाँके- ७ करोड ७६ लाख डलर
-विशेष आर्थिक क्षेत्र सिमरा- ४ करोड ४८ लाख डलर

निजी क्षेत्रले तयार पारेको १७ परियोजना यी हुन् :
-त्रिशुली गल्छी जलविद्युत् परियोजना ९३० मेगावाट०– ५ करोड ३० लाख डलर
-मध्य कालिगण्डकी जलविद्युत् परियोजना (५३.६मेगावाट) – ९ करोड ६० लाख डलर
-इन्गवा खोला जलविद्युत् परियोजना (१८ मेगावाट)– ३ करोड डलर
-माथिल्लो चमेलिया (४० मेगावाट)– ७ करोड डलर
-म्याग्दी खोला जलविद्युत् परियोजना (५७.३ मेगावाट)– १० करोड डलर
-गरुड सिमेन्ट– १३ करोड डलर
-आइएमई सिमेन्ट– १५ करोड डलर
-जालपादेवी केबलकार– १ करोड ६० लाख डलर
-अन्नपूर्ण सिक्लेस केबलकार तथा पर्यटन परियोजना– ३ करोड १० लाख डलर
-स्वर्गद्वारी केबलकार– १ करोड ६० लाख डलर
-रिसोर्स हिमालय बुटिक रिसोर्ट– ५ करोड ६० लाख डलर
-तल्लो वरुणखोला जलविद्युत् परियोजना (१३२ मेगावाट)– २५ करोड डलर
-कालिगण्डकी गर्ज जलविद्युत् परियोजना (१६४ मेगावाट)– २६ करोड ९० लाख डलर
-माथिल्लो बलेफी जलविद्युत् परियोजना (४६ मेगावाट)– ७ करोड २५ लाख डलर
-माथिल्लो बलेफी जलविद्युत् परियोजना ‘ए’ (३६ मेगावाट)– ५ करोड ५५ लाख डलर
-नाम्लान खोला जलविद्युत् परियोजना (२६० मेगावाट)– ३५ करोड डलर
-तारप खोला जलविद्युत् परियोजना (५० मेगावाट)– ७ करोड ७० लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.