स्पर्श लघुवित्तको आईपीओ बाँडफाँड: २५ हजार २०० जना सबैले पाए १० कित्ता सेयर

  २०७५ चैत १० गते १०:४८     विकासन्युज

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले गत फागुन २६ गतेदेखि २९ गतेसम्म बिक्री गरेको साधारण सेयर(आईपीओ) आइतबार(आज) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार उक्त आईपीओमा आवेदन दिने मध्ये २५ हजार २०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् ।

क्यापिटलका अनुसार उक्त आईपीओमा २ लाख ९८ हजार ९३८ जनाले आवेदन दिएका थिए । जस मध्ये २ लाख ७३ हजार ७३८ जनाको हात खाली भएको छ भने बाँकी ५८५ जनाको आवेदन रद्द भएको छ ।

संस्थाले २ लाख ५२ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेकोमा कुल ८३ लाख २७ हजार ६३० कित्ताका लागि आवेदन परेको थियो । जुन माग भन्दा ३३ गुणा बढी थियो । माग भन्दा बढी आवेदन परेकाले थोरैले मात्र १० कित्ताका दरले सेयर पाएका क्यापिटलले जनाएको छ ।

संस्थाले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणबाट दुई लाख ५२ हजार कित्ता सेयरमा आवेदन माग गरेको थियो । संस्थाले कूल २ लाख ६९ हजार ६३० कित्ता साधारण सेयर निष्काशन गरेकोमा लघुवित्तका कर्मचारीलाई ४ हजार १४८ कित्ता र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ कित्ता छुट्टाइएको थियो ।

हाल संस्थाको चुक्ता पुँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात संस्थाको चुक्ता पुँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.