राणा भन्छिनः लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ, ५ नम्बर प्रदेशको केन्द्र दाङ हुनुपर्छ

  २०७५ चैत ९ गते २१:२७     विकासन्युज

दाङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले लगानी सम्मेलनले समृद्धिको ढोका खुल्ने बताएकी छिन् । रिपोर्टस क्बलले दाङको तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष राणाले लगानी सम्मेलनसँगै समृद्धिको ढोका खुल्ने बताएकी हुन् ।

उनले सम्पुर्ण औद्योगिक पुर्वाधारहरु तयार गर्न व्यवसायीहरुले सरकारसंग हातेमालो गर्ने पनि बताइन् । ‘दुइतिहाइको शक्तिशाली सरकार बनेको छ, अव समृद्धिको आन्दोलनमा ढुक्कसंग लाग्नुस, अलमलिने अवस्था छैन’,अध्यक्ष राणाले भनिन् । संघियताको मर्मलाइ ध्यान दिने हो भने ५ नम्बर प्रदेशको केन्द्र हरेक दृष्टिकोणले दाङ उपयुक्त रहेको पनि उनले बताइन् ।

‘५ नम्बर प्रदेशमा पिछडिएको बर्दिया छ, पुर्वि रुकुम छ, बर्दिया बांके र रुकुमलाइ पनि विकाशको मुल प्रवाहमा ल्याउन सकेमात्र संघियताको स्वाद आम नेपालीले अनुभुति गर्ने छन्’, अध्यक्ष राणाले भनिन्, त्यसका लागी दाङ भौगोलिक, पर्यावरणीय, धार्मिक, पर्यटकिय हरेक दृष्टिकोणले सम्भावना बोकेको जिल्ला हो ।’ साथै कैलाशधाम र स्वर्गद्धारीधामलाई जोड्न दाङ जोडिएको नयां रुट बनाउने सवालमा पनि उद्योग वाणिज्यसंघले केन्द्रमा समेत लविङ गरीरहेको पनि अध्यक्ष राणाले दावी गरीन् । कार्यक्रममा राणाले पर्यटकिय पुर्वाधारका लागी उद्योग वाणिज्य महासंघकै समन्वयमा स्वर्गद्धारी केवलकारको संभाव्यता अध्ययन समेत भैसकेको उनले बताइन् ।

निकट भविस्यमै हुन थालेको लगानी सम्मेलनमा पनि स्वर्गद्धारी केवलकारको विषयलाई महत्वका साथ उठाउने उनको भनाइ थियो । मुलुकमा भएको राजनितिक परीवर्तनमा निजि क्षेत्रको अग्र भुमिका रहेको भन्दै नयां संघात्मक अभ्यासमा व्यवसायीलाई नयां अवसर आएको पनि अध्यक्ष राणाले बताइन् । ‘मुलुकमा सायद सवैभन्दा बलियो दुई तिहाइ वहुमतको सरकार हामीले पाएका छौं, अव सरकारले समृद्धिको आन्दोलनलाई अघि बढाउनु पर्दछ’, अध्यक्ष
राणाले भनिन्, त्यसका लागी उद्योग वाणिज्य महासंघ सरकारसंग हातेमालो गर्न तयार छ ।’

एक अर्को प्रशंगमा नेपाल चेम्बर अफ कमर्श र उद्योग वाणिज्य महासंघ प्रतिद्धन्दी तथा वैकल्पिक संस्था नभएको दावी गरीन् । ‘आमा संस्था मेटिंदैन, हाम्रा वीङ्सहरु विदेशमा समेत फैलिइसकेका छन्’, अध्यक्ष राणाले भनिन् उद्योग वाणिज्य संघको ५१ बर्षको इतिहासलाई कसैले पनि मेटाउन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.