आईएमएस लिटिल स्माइल्स्को शोरुम सिटी सेन्टरमा, विश्व प्रशिद्ध ब्राण्डका उत्पादन पाईने

  २०७५ चैत ९ गते १८:३८     विकासन्युज

काठमाडौं । साना बालबच्चाको स्वास्थ र स्याहर सुसार सम्बन्धि विभिन्न ब्राण्डका उत्पादनहरु नेपालको पहिलो प्रिमियम आउटलेट आईएमएस लिटिल स्माइल्स्ले आफ्नो नयाँ शोरुम कमल पोखरीस्थित सिटी सेन्टरमा शुभारम्भ गरेको छ ।

यस नयाँ शोरुममा डक्टर ब्राउन्स्, क्रेन, हिमालय बेबी केयर र डिजेआई जस्ता विश्व प्रशिद्ध ब्राण्डका उत्पादनहरु पाईनेछ ।

यी ब्राण्डका उत्पादनहरु जस्तै साबुन, मसाज तेल, पाउडर, स्याम्पु, एयर प्युरीफाएर, क्रिम, ड्रोन, पेसिफिएर, बोटल, टुथब्रस, कप्स, टिथरको प्रयोगले ससाना बालबच्चाहरुलाई विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरुबाटा टाढा राख्न सकिने छ ।

आईएमएस लिटिल स्माइल्स्ले नेपालमा बिक्रीवितरण गर्ने उत्पादनहरु सम्पूर्ण नेपाली उपभोक्ताको दैनिक जीवनलाई सरल सहज र गुणस्तरीय बनाउन केन्द्रीत रहेको आईएमएस गु्रपका प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले बताए ।

यसै परिप्रेक्षमा सिटि सेन्टरमा बालबच्चा कोस्याहार सुसार सम्बन्धित ब्राण्डहरुको बिक्रिगर्न नयाँ शोरुम खोलिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.