वाईसीओ कम्पनीलाई नेप्सेको निर्देशन- प्राविधिक समस्या छिटो हल गर्नुस्

  २०७५ चैत ८ गते १८:२९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले हाल अनलाइन प्रणालीमा आइरहेको प्राविधिक समस्यालाई निराकरण गर्न वाईसीओ प्रा. लि. लाई निर्देशन दिएको छ । भर्खरै सञ्चालनमा आएको उक्त प्रणालीमा बेला बेलामा देखिने समस्याहरुलाई छिटो भन्दा छिटो हटाउन नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले शुक्रबार एक विज्ञप्तिमार्फत वाईसीओ कम्पनी तथा नेप्सेको आइटी शाखालाई साे निर्देशन दिएका हुन् ।

साथै, सीईओ साउदले पुँजी बजारमा देखिएका समस्याहरु सिष्टम वा नेटवर्क जससँग सम्बन्धित भएपनि त्यसलाई हटाई सेयर कारोबार प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

शुक्रबार नेप्से पदाधिकारी, ब्रोकर कम्पनीहरु तथा वाईसीओ बीच समस्याको समाधान गर्ने छलफल भएको थियो । उक्त छलफल कार्यक्रममा भेन्डर कम्पनी वाईसीओले हाल देखिएका प्रमुख समस्याहरुका विषयमा ब्रोकरहरुसँग जानकारी लिई उक्त समस्याहरु के कसरी कहिलेसम्म समाधान हुन्छ तथा उक्त समस्याहरु पुनः दोहोरिन नदिने प्रतिवद्धता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.