वार्षिक रुपमा करिब ४५ हजार क्षयरोग रोगी थपिने

  २०७५ चैत ८ गते १८:०२     विकासन्युज

काठमाडौं । नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोग विरामी थपिने गर्दछन्र ।

विश्व स्वास्थ्य संघका अनुसार नेपालमा हरेक वर्ष ४५ संख्यामा रोगीको मात्रा बढ्दै गएको हुदाँ वार्षिक ६० हजार रहेको क्षयरोग केन्द्रले पत्रकार सम्मेलन मार्फत बताएकाे छ।

विश्व क्षयरोग दिवसलाई मध्यनजर गर्दै राष्ट्रिय क्षयरोग केन्द्रको आयोजनाले गरेको कार्यक्रममा सो केन्द्रका निर्देशक डा.भिमसिहं टिन्कारीले ‘समय अवको, क्षयरोग अन्त्यको’ भन्ने नारा सहित जनचेतना कार्यक्रम गर्दै आएको बताए ।
डा. टिन्कारीले कार्यक्रममा बोल्दै ‘सरकारले क्षयरोगको उपचार पुन रुपले निः शुल्क गरेता पनि सर्वसाधारण नीजि क्षेत्रका अस्पताल जानेर रोगको अन्तिम अवस्थामा मात्र सरकारी अस्पताल आउनेको संख्या तिव्र रहेको छ ’ उनले भने । धुम्रपान तथा मद्यपान सेवनको कारण लाग्ने क्षयरोग, नेपालमा महिलाको तुलनामा पुरुषमा बढी देखा परेको तथ्याङ्गले रहेको छ ।

आर्थिक वर्षमा राष्ट्रिय क्षयरोग केन्द्रलाई ७० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । उक्त संस्थामा १० करोड वाहिरी अनुदान छ भने ६० करोड नेपाल सरकारको रहेको छ । विनियोजित रकम क्षयरोग केन्द्रले करिव १३ करोड औषधीमा, ७ करोड भवन निर्माणमा अर्थ गरेको निर्देशक डा. टिन्कारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.