अर्थशास्त्री डा. मदनकुमार दाहालको निधन

  २०७५ चैत ८ गते १६:२३     विकासन्युज

काठमाडौं । अर्थशास्त्री डा. मदनकुमार दाहालको शुक्रबार निधन भएको छ । प्याङ्क्रियाजको रोगबाट पीडित उनको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा दिउँसो १ बजे निधन भएक हो । मेगा बैंकको सञ्चालक समिति अध्यक्षसमेत भइसकेका डा. दाहाल नेपाल आर्थिक संघको पूर्व अध्यक्षसमेत रहेका थिए ।

पारिवारिक श्रोतका अनुसार उनलाई उपचारका लागि एक हप्ताभन्दा अघिदेखि अस्पताल भर्ना गरिएको थियो । अर्थशास्त्री दाहाल लामो समय त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभाग प्रमुख थिए । उनी कर आयोगका अध्यक्ष समेत भएका थिए । स्वर्गीय दाहालको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.