कैलालीको अत्तरियामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

  २०७५ चैत ८ गते १५:२०     विकासन्युज


काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार कैलाली जिल्लाको अत्तरियामा नयाँ शाखा कार्यालय उद्घाटन गरेको छ । अत्तरिया र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाको पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य लेखराज भट्टले औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

सो अवसरमा सांसद भट्टले अत्तरिया लगायत देशका अन्य स्थानहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत स्थानीय जनप्रतिनिधि, उद्योग बाणिज्य संघका पदाधिकारी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक लि.ले सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ्ग पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्देश्य रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.