४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना बन्दै, मंसिरदेखि निर्माण शुरु हुने

  २०७५ चैत ८ गते १४:१२     विकासन्युज


काठमाडौँ । अपी पावर कम्पनीले आफ्नो सहायक कम्पनी अपी चमेलिया पावर लिमिटेड मार्फत नयाँ आयाजनाको रुपमा माथिल्लो ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य आगामी आर्थिक वर्षबाट शुरु गर्ने भएको छ । सुदूर पश्चिमाञ्चल क्षेत्रको दुर्गम जिल्लामा अवस्थित यो आयोजना कम्पनीले निर्माण गरेको तेस्रो आयोजना हो ।

४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना आयोजना निर्माणको लागी ७४० करोड लगानी लाग्ने अनुमान गरिएको छ । यसको ३० प्रतिशतले हुने २२२ करोड शेयरधनीको लगानी र बाँकी ५१८ करोड बैंक तथा वित्तीय संस्थाहरुबाट सह वित्तीयकरण मार्फत ऋण लगानी गरिने कम्पनीले जनाएको छ । आयोजनाको निर्माण कार्य २०७६ मंसिरदेखि सुरु गरी ३६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

यो आयोजना सरकारले गर्ने लागेको लगानी सम्मेलनमा समेत नीजि क्षेत्रबाट विकास गरिएको आयोजनामा छनौट समेत भएको छ ।सरकारले लगानी मैत्रीवातावरण बनाउन सकेमा आगामी दिनहरुमा कम्पनीले लगानी योग्य आयोजनाहरु बनाउँदै जाने जनाएको छ ।कम्पनीले निर्माण गर्न लागेको चमेलिया जलविद्युत आयोजनाको शेयर सर्वसाधारण लगानीकर्ताको लागी आव्हान समेत गरेको छ ।

विद्युत खरिद सम्झौतामा प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङ र अपि पावर कम्पनीका तर्फबाट कार्यकारी सञ्चालन सञ्जिव न्यौपानेले हस्ताक्षर गरिसकेका छन् । यसअघि कम्पनीले ८.५ मेवा क्षमताको नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत २ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय प्रणाली विद्युत प्रवाह गर्दै आएको छ ।

साथै आगमी चैत मसान्तभित्र ८ मेवा क्षमताको माथिल्लो नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न हुने कम्पनीले जनाएको छ । आयोजना नेपाल सरकार नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया बलाच १३२ के.भि.ट्रान्समिसन लाइनमा जडान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.