एभरेष्ट बैंकको विशेष योजना, भिसा कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत नगद फिर्ता

  २०७५ चैत ८ गते १३:४३     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको छ । विशेष योजना अन्तरगतबैंकका कार्ड होल्डरहरुले हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता पाउने छन् ।

एभरेष्ट बैंकका ग्राहकहरुले रेष्टुरेन्ट, होटल, मल र सुपरमार्केटमा भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम उनीहरुको खातामा फिर्ता हुन्छ ।

एभरेष्ट बैंकका ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको जनाइएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९२ वटा शाखाहरु, २८ राजश्व संकलन काउन्टर र ११६ एटिएम मार्फत सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.