गोर्खाज फाइनान्सको ब्राण्ड एम्बेसडरमा मेलिना राई, व्यवसाय प्रर्वद्धनमा सहयोग पुग्ने

  २०७५ चैत ८ गते १२:३४     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको ब्राण्ड एम्बेसडरमा गायिका मेलिना राई नियुक्त भएकी छिन् । फाइनान्सले नेपाली संगित क्षेत्रका गायिका राईलाई शुक्रबार एक कार्यक्रमकाबीच संस्थाको ब्राण्ड एम्बेसडरमा नियुक्त गर्ने सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

उक्त सम्झौतापत्रमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) लालबहादुर थिङ र गायिका राईले हस्ताक्षर गरेका छन् । सो सम्झौतासँगै गायिका राईले अब एक वर्षसम्म संस्थालाई एम्बेसडरको रुपमा सहयोग गर्ने छिन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमबहादुर खापुङ्गले गायिका राईसँगको सहकार्यले फाइनान्सको व्यापार व्यवसाय प्रवद्र्धनमा तीव्र गतिले फड्को मार्ने तथा संस्थागत सामाजिक उत्तरदायित्वमा पनि टेवा पुग्ने बताएका छन् ।

त्यस्तै, एम्बेसडर राईले देश तथा विदेशमा आफ्ना सोचहरुसँगै गोर्खाज फाइनान्सको व्यवसाय प्रर्वद्धनमा संस्थालाई सहयोग गर्ने बताएकी छिन् ।

राष्ट्रिय स्तरको  यस संस्थाको चुक्ता पुँजी ८७ करोड रुपैयाँ रहेको छ । गत दोश्रो त्रैमासिकको वित्तीय विवरण अनुसार यस संस्था सबैभन्दा बढी चुक्ता पुँजी र नाफा कमाउनेमा फाइनान्स संस्थाहरु मध्ये दोश्रो हुन सफल रहेको संस्थाले बताएको छ ।

कार्यक्रममा फाइनान्सका अध्यक्ष प्रेमबहादुर खापुङ्ग, गोर्खा समूहका संयोजक पुरञ्जन राई, फाइनान्सका पूर्व अध्यक्ष महेन्द्रलाल राई तथा संस्थाका कम्पनी सचिव मुकुन्द श्रेष्ठको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.