अर्थमन्त्रीले भने-‘सुुरुङ मार्ग निर्माणमा स्वीस सरकारको सहयोग आवश्यक छ’

  २०७५ चैत ७ गते १८:५५     विकासन्युज


काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडा र स्वीस डेभलपमेण्ट कोअपरेशन एजेन्सीका महानिर्देशक एचई मेनुएर सागरबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा विहीबार भएको भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपालको समग्र विकास प्रयासमा स्वीस सरकारले पुर्याएको सहयोगप्रति धन्यवाद दिए । भेटमा थप सहयोगका क्षेत्रहरु बारे छलफल समेत भएको थियो ।

विशेषगरी, यातायात तथा सुरुङ्ग मार्ग निर्माणको कार्यमा स्वीस सरकारको विशेष दक्षता र अनुभव रहेकोले सो प्रविधिलाई नेपालमा प्रयोग गर्न चाहेको खतिवडाले धारणा व्यक्त गरे । नेपाल सरकारले प्रस्तावित गरेको दुई सुरुङ मार्गको निर्माणलाई द्रुतगतिमा अगाडि बढाउन स्वीस सरकारसँग विशेष सहयोगको आग्रह गरे ।

बैठकमा महानिर्देशक सागरले नेपालले राजनीतिक स्थिरता प्राप्त गर्न सफल भएको तथा नयाँ संविधान कार्यान्वयनको चरणमा भएकोमा खुशी व्यक्त गरे । भेटमा नेपालको भौगोलिक विविधताका कारण प्राप्त गर्न सक्ने लाभका क्षेत्रहरुमा आगामी दिनहरुमा पनि सहयोगको निरन्तरता रहने प्रतिवद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.