प्रियंका र आयुषमानसँग मोःमोको मज्जा, फ्यानहरुको भीड

  २०७५ चैत ७ गते १८:२७     विकासन्युज


काठमाडौं । कोका–कोला नेपालद्वारा उपभोक्तालाई चिसो कोका–कोलासँग मःमको मज्जा लिदै नयाँ वर्षको शुरुवात गर्न कोका–कोला मोःमोःउत्सव संचालन गरिएको छ । कोका–कोला मोःमोःउत्सवको चौथो वार्षिक नारा “कोक र मःमः पर्फेक्ट जोडी” रहेको छ र उपत्यका लगायत देशभरका प्रमुख शहरका विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा संचालन भईरहेको छ ।

प्रियंका र आयुषमान आफैमा पर्फेक्ट जोडी हुन्, जो अर्को जोडी कोक र मःमःलाई पूर्ण गर्न विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा भ्रमण गरिरहेका छन् । प्रियंका कार्की र आयुषमान देशराज जोशीले काठमाडौंको डल्ले र पेपे पिज्जाका आउटलेटहरु भ्रमण गरेर विभिन्न परिकारका मःमः र कोका–कोलाको मज्जा लिँदै यो उत्सवको नयाँ तरङ पैदा गरेको कम्पनीले जनाएको छ ।

प्रियंका र आयुषमानले गत सोमबार लबिम् मल, जाउलाखेल र कमलादीको डल्ले रेष्टुरेन्ट र बालाजु, महाराजगञ्ज, अनामनगर, त्रिपुरेश्वरको पेपे पिज्जाका आउटलेटहरु भ्रमण गर्दै कोका–कोला र मःम प्रेमी, शुभेच्छुक र आउटलेट संचालकसँग बसेर रमाइलो गरे ।

कोका–कोला र मःमःको अनुभव बढाउन आएका फ्यानहरु प्रियंका र आयुषमानसँग भेट्ने अवसर पाउँदा हर्षित देखिएका छन् । फ्यानहरुले कोका–कोला र मःमको मज्जा लिनुको साथै आफ्नो मनपर्ने कलाकारलाई भेटेर कुराकानी गर्ने र फोटो खिच्ने अवसर पनि पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.