ग्लोबल आइएमई र नेपाललाइफबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ चैत ७ गते १६:४८     विकासन्युज


काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र नेपाललाइफ इन्सुरेन्स कम्पनीलि.बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि. का १३४ वटै शाखाहरु मार्फत नेपाललाइफ इन्सुरेन्स कम्पनी लिको जीवन बीमायोजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्तगर्न सकिने छ ।

उक्त सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका तर्पmबाट सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र नेपाललाइफ इन्सुरेन्स कम्पनी लिको तर्पmबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.