मुक्तिनाथ विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच बीमा सेवा सम्झौता

  २०७५ चैत ७ गते १६:५१     विकासन्युज

काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकले सम्पूर्ण शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले सार्वधिक बीमा योजना,डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै गत माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ। महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज,इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर र  सुर्खेतबाट कारोबार प्रारम्भ गरिसकेको छ । साथै, यहि चैत महिनाभित्र काठमाडौं उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तैयारी गरिरहेको छ ।

सम्झौतामा मुक्तिनाथ बिकास बैंकको तर्फबाट कार्य वाहक प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरूङ्ग र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.