ओपोको पहिलो ५जी स्मार्टफोनलाई ५जी सीई सर्टिफिकेट प्रदान

  २०७५ चैत ७ गते १४:५५     विकासन्युज

काठमाडौँ । ओपोकोे पहिलो फाइभजी स्मार्टफोन, स्पोर्टन ईन्टरनेसनल ईंकद्वारा आयोजित फाइभजी सीई परीक्षणमा सफलतापूर्वक उत्तीर्ण भएको कम्पनीले घोषणा गरेको छ । योसँगै कम्पनीको पहिलो फाइभजी स्मार्टफोनलाई सीटीसी एडभान्स्ड जीएमबीएचद्वारा फाइभजी सीई सर्टिफिकेट प्रदान गरिएको छ ।

स्पोर्टन ईन्टरनेसनल ईंक एक वैश्विक निरिक्षण सेवा प्राधिकरण हो । एमडब्ल्यूसी २०१९मा प्रदर्शित ओपोको फाइभजी स्मार्टफोन, सीटीसीद्वारा स्विकृत पहिलो मल्टि फ्रिक्वेन्सी, मल्टि मोड र मल्टि ईएन–डीसी कम्बिनेसन फाइभजी स्मार्टफोन पनि हो । यस फोनले विभिन्न देश तथा क्षेत्रमा लागु गर्न सकिने अधिक ब्याण्ड कम्बिनेशन र बृहत्त बयाण्डविथ जस्ता एन७८ ब्याण्डका फाइदाहरु पनि प्रदान गर्छ ।

यो प्रमाणिकरणलाई यूरोपमा फाइभजी स्मार्टफोनको ब्यवसायिक लञ्चका लागि एक महत्वपूर्ण कदमका रुपमा हेरिएको छ । ओपोको सीई प्रमाणिकरणले ओपोका फाइभजी उपकरण यूरोपियन बजार प्रवेशका लागि आवश्यक वायरलेस, ईलेक्ट्रोम्याग्नेटिक अनुकुलता, स्वास्थ्य र सुरक्षा लगायत आवश्यक ईयू मापदण्डमा सफल रहेको प्रमाण दिएको छ ।

कम्पनीले आफ्ना केही अपरेटर पार्टनर्सका साथमा वैश्विक रुपमा फाइभजी उत्पादन तथा सेवाको ब्यवसायिकरणका लागि भरखरै आफ्नो ‘फाइभजी ल्याण्डिङ प्रोजेक्ट’ सार्वजनिक गरेको छ । सन् २०१९को पहिलो ६ महिनाभित्रै आफ्नो पहिलो फाइभजी स्मार्टफोन बजारमा ल्याउने ओपोको योजना रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.