शिक्षक बनाउने नयाँ कार्यक्रम ल्याउँदै खुला विश्वविद्यालय, विद्यार्थीलाई युजर नेम र पासवर्ड !

  २०७५ चैत ७ गते १५:२०     राजाराम न्यौपाने

काठमाडौं । शिक्षक बन्नको लागि लाइसेन्स चाहिने र त्यसको लागि शिक्षा शास्त्र संकायमा अध्ययन गर्न कलेज जाने दिनको अन्त्य हुने भएको छ ।

खुला विश्वविद्यालयले एक वर्षे वीएड सरह मान्यता प्राप्त हुने गरी ‘खुला सिकाइमा आधारित एक वर्षे शिक्षक पेशागत विकाश तालिमको पाठ्यक्रम’ ल्याउने भएको छ । शिक्षक बन्न शिक्षा शास्त्र संकायको शैक्षिक योग्यता हासिल गर्न कलेज नै जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने भएको हो ।

शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल र विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्माको उपस्थितिमा केन्द्रका उपमहानिर्देशक खगेन्द्रप्रसाद नेपाल र विश्वविद्यालयका डीन प्राडा रामचन्द्र पौडेलबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

उपकुलपति प्राडा लेखनाथ शर्माले भने ‘पाठ्यक्रम लगायत सामाग्री बिकाशका पूर्वाधार वैशाख भित्र बनिइसक्ने छ ।’ अब आउने शैक्षिक सत्रबाट कक्षा सञ्चालमा आउने छ । प्राविधिक धारका विद्यालयहरुमा अध्यापनरत प्राविधिक जनशक्तिहरु पनि लाभान्वित हुने छन् । अध्ययन गर्ने विद्यार्थी स्नातक उत्तीर्ण वा सो सहर हुनु पर्ने शर्माले बताए ।

२०६९ सालदेखि प्राविधिक धारको पढाई संचालन गर्न थालिएपछि जनशक्ति अभावका कारण प्राविधिक विषयको अध्यापनको लागि लाइसेन्स नभएका हजारौ शिक्षक कार्यरत रहेका छन् भने निजी विद्यालयहरुमा अध्यापनरत शिक्षकहरुलाई समेत यो नयाँ व्यवस्थाले राहत मिल्ने देखिन्छ ।

घरमा नै बसेर यसरी गर्न सकिन्छ अध्ययन
भर्ना भएपछि विश्वविद्यलयले विद्यार्थीलाई युजर नेम र पासपोर्ट दिन्छ । त्यसमा फेसबुक म्यासेन्जरमा जसरी नै पढाईको जानकारी लिन र नबुझेका कुरा सोध्न सकिन्छ । विद्यार्थीले आफ्नो विषयको मात्र यसबाट जानकारी लिन पाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.