सेञ्चुरी बैंकले गर्यो ६.५ प्रतिशत लाभांश प्रस्ताव

  २०७५ चैत ७ गते १२:१५     विकासन्युज

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको ६.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले २ प्रतिशत बाेनस र ४.५ प्रतिशत नगदसहित उक्त लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैंकले ८ अर्ब २५ करोड ४ लाख चुक्ता पुँजीकाे २ प्रतिशतले हुन आउने १६ कराेड ५० लाख रुपैंया बराबरकाे बाेनस र ४.५ प्रतिशत हुन आउने ३७ कराेड १२ लाख ७० हजार बराबरकाे नगदसहित  उक्त लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति र साधारण सभाबाट पारित भएपछि लाभांश वितरण हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.