यातायात मजदूर एकाइमा पुनः मगरको नेतृत्वमा कार्यसमिति गठन

२०७५ चैत ६ गते २१:२४ विकासन्युज

काठमाडौँ । नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन नगर बस एकाइको १४औँ अधिवेशले पुनः दीपक रुचाल मगरको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ ।

अधिवेशनले उपाध्यक्षमा रामप्रसाद उप्रेती, सचिवमा जीवन रानामगर, सह–सचिवमा मनोज महर्जन र कोषाध्यक्षमा रमेश तामाङलाई चयन गरेको छ ।

सदस्यमा राजन गिरी, डोरबहादुर रिमाल, ओमनारायण श्रेष्ठ, निरबहादुर गुरुङ, कुमार खत्री र केशव बुढाथोकीलाई चयन गरेको हो।

त्यस्तै संयुक्त यातायात एकाइको अधिवेशनले विष्णुप्रसाद अधिकारीको नेतृत्वमा कमिटी गठन गरेको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले सरकारले लागू गरेको सामाजिक सुरक्षा कार्यक्रमले सम्पूर्ण मजदूर वर्गमा उत्पदानको व्यवस्था हुने बताए । उनले यातायात क्षेत्रको एकाधिकार पूर्णतः अन्त्य हुनुपर्नेमा जोड दिए। रासस