होली खेल्दै हुनुहुन्छ ? छाला र कपाललाई रंगको प्रभावबाट बचाउन यसो गर्नुहोस्

  २०७५ चैत ६ गते ९:४५     विकासन्युज

काठमाडौं। रंगहरुको पर्व होली बिहीबार काठमाडौं उपत्यका लगायत पहाडी जिल्लाहरुमा मनाइँदै छ । होलीको रंगसँग युवा र बालकहरुमा मात्रै रमाउँदैनन्,बृद्धाबृद्धहरुले पनि होलीमा जीवन रंगहरु जस्तै खुसी र रंगिन होस् भन्दै रंगहरु एकआपसमा दलेर खुसी साट्ने गर्दन् । होलीको समयमा दिनभरी अनुहारमा दलेको रंगले छालाको प्राकृतिक रुप बिगार्ने गर्दछ। यसले गर्दा छाला सुख्खा हुनुका साथै विभिन्न समस्याले मानिसलाई सताउने गर्छ। छालाको साथसाथै कपालहरु पनि रंगको कारणले बिग्रिने गर्दछ। त्यसैले यस्तो अवस्थामा आफ्नो छाला र कपाललाई बिशेष ध्यान दिनुपर्ने हुन्छ।

होली खेल्दा यस्ता कुरामा ध्यान दिनुस्  :

१। छालामा रंगले धेरै नै प्रभाव पर्ने गर्दछ छ त्यसैले होली खेल्न जानु भन्दा अगाडि मोस्टराईजर र सनक्रिमको प्रयोग गर्नुहोस्। यसले तपाईको छालालाई सुख्खा हुनबाट जोगाउनको साथै रङले छालालाई पार्ने प्रभावबाट बचाउन मद्त गर्दछ।

२। होलीको रंगमा विभिन्न केमिकल मिसाएको हुन्छ । जसले होलीपछि शरीरमा लागेको रंग निकाल्न निकै मेहनत गर्नुपर्छ। यसकारण होली खेल्नु अघि शरीर र कपालनमा तेल लगाउनुहोस् । यसले कपाल र शरीरमा रंग बस्नबाट रोक्छ

३। होली खेल्दा हातको नङमा धेरै नै रंग लाग्ने गर्छ । नङमा रंग लाग्दा हात र नङ कुरुप बन्न सक्छ । यसकारण होलीको रंग हातमा लाग्नु भन्दा पहिले नङमा नेल पोलिस लगाउन नबिर्सनुहोस् । यसले नङको सौन्दर्य पनि बढ्छ र रंगबाट पनि जोगाउँछ।

४। आँखामा चस्मा तथा ग्लासको प्रयोग गर्ने ।

होली खेलेपछि यसाे गर्नुस् :

१। कपालमा नछुट्ने रंग लागेको छ भने त्यसलाई निकाल्नका लागि सिधै स्याम्पू लगाउनु हुँदैन । पहिले सादा पानीले  कपाललाई राम्रोसँग सफा गर्ने । यसले कपालमा लागेको रंग सफा हुन्छ । त्यसपछि मात्रै स्याम्पू लगाएर कपाल धुने गर्नुपर्छ । यस बाहेक कपालमा स्याम्पू लगाउनु भन्दा पहिले अण्डाको पहेँलो भाग लगाएर लगभग ३० मिनेट सम्म छोड्नुहोस् । साथै दहीमा मेथी मिसाएर पनि लगाउन सकिन्छ।

२। होली खेलीसकेपछी अनुहारको रङ सफा पानीले पखाल्नुहोस्। पानीले राम्रोसँग रंग नगएको खण्डमा तपाईले फेसवासको प्रयोग गर्नसक्नु हुन्छ।

३। अन्त्यमा राती सुत्ने समयमा टोनर र मोस्टराईजरको प्रयोग गर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.