सिद्धार्थ बैंकले थप्यो २ नयाँ शाखा

  २०७५ चैत ५ गते १८:४७     विकासन्युज


काठमाडौँ । सिद्धार्थ बैंकले मंगलबार इचंगुनारायण र धनेश्वर स्थित दुई शाखाहरुको औपचारिक उद्घाटन गरेको छ ।

बैंकको इचंगुनारायण शाखाको उद्घाटन नागार्जुननगरपालिकाका उपमेयर सुशीला अधिकारीबाट र धनेश्वर शाखाको उद्घाटन टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डङ्गोलबाट भएको थियो ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभर १४६ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५६ एटीएम र १,२०० भन्दा बढी पीएसओ मेसिन मार्फत उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.