८४ करोडमा भारतसँग २ वटा रेल किन्ने निर्णय, जनकपुर-जयनगर रेल्वे सेवा बैशाखदेखि सञ्चालन

  २०७५ चैत ५ गते १७:२५     विकासन्युज

काठमाडौँ । जनकपुर-जयनगर रेल्वे सेवा २ महिनामा सञ्चालन हुने भएको छ । पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटरमा रेल्वे सेवा सञ्चालन हुने भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ८४ करोडमा रुपैयाँमा २ वटा रेल खरिद गर्ने भएको हो । भारतको कुण्कड रेल्वे कम्पनीसँग रेल खरिद गर्ने निर्णय भएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

कर्मचारी छनोट प्रक्रिया शुरु
रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ ।
पहिलो चरणमा जनकपुर-जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम शुरु गरेको हो । त्यस्तै रेल सञ्चालनका लागि आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि शुरु गरेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

सो मार्गमा निर्माण हुने सात स्टेशनका लागि आवश्यक १५० कर्मचारीको छनोट प्रक्रिया शुरु भएको मिश्रको भनाइ छ । मिश्रले सातै स्टेशनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा सातदेखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले तयारी गरेको मिश्रले बताए ।
मुख्य स्टेशनमा भने केही बढी कर्मचारी आवश्यक हुनाले सोहीअनुसारको कार्य्विधि निर्माणमा आफूहरु लागिपरेको मिश्रको भनाइ छ । उनले कुर्था र खजुरीलगायत केही स्टेशनमा बढी कर्मचारी आवश्यक भएकाले आवश्यकतानुसार कर्मचारी परिचालन गरिने बताए ।

रेल खरिद प्रक्रिया सुरुः विभाग भन्छ-५० करोडले पुग्दैन

नयाँ वर्षदेखि जनकपुर-जयनगर रेल चलाउने तयारी, यस्तो छ नेपालमा रेल्वेको इतिहास

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.