एशियन लाईफको जीवन बीमा सेवा माछापुच्छ्रे बैंकबाट पनि पाइने

  २०७५ चैत ५ गते १३:५५     विकासन्युज

काठमाडौँ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच ‘जीवन बीमा सेवा’ सम्बन्धी संझौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक नारायणप्रकाश भुजुले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।

अब माछापुच्छ्रे बैंकको ९७ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.