श्रीलंकालाई पाँच बर्षभित्र भ्रष्टाचारमुक्त बनाउने अठोट, नेपाललाई कहिले ?

  २०७५ चैत ५ गते ८:२७     विकासन्युज

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भ्रष्टाचार विरुद्धको पाँच बर्षे अभियानको सुरुवात गरेका छन् । आगामी सन् २०२३ सम्ममा देशलाई भ्रष्टाचार मुक्त बनाउने उद्देश्यले कार्य योजनासहित अभियान सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।

अभियान अन्तर्गत दोषीलाई कानुनी कारबाहीका प्रक्रियाहरु आक्रामक रूपमा अगाडि बढाइने सिरिसेनाले शुभारम्भ कार्यक्रममा बताए । संघीय र प्रान्तीय कार्यालयका सरकारी अधिकारी, राजनीतिज्ञ, सामाजिक कार्यकर्ताहरुलगायतका विरुद्धमा पनि अभियान चलाइने उनको भनाई छ ।

अभियान सुरुवात कार्यक्रममा चार ओटा हातेकिताव पनि सार्वजनिक गरिएको छ । नेपालमा पनि प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको कार्यक्रम सञ्चालन गरिरहेका छन् । यद्यपी भ्रष्टाचार र अनियमिततामा भने कुनै कमी आएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.