पहिला मुड्की अनि श्रमस्वीकृति !

  २०७५ चैत ५ गते ८:२७     विकासन्युज


काठमाडौं । संघीय सरकारले पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने व्यवस्था गर्यो । जनकपुरको क्यापस चोकमा पनि श्रम तथा रोजगार कार्यालय खुल्यो ।

प्रदेश २ बाट वैदेशिक रोजगारमा जानेहरु खुसी भए । यहाँबाट पहिलो श्रम स्वीकृति धनुषा धनौजी–५ का मोहम्मद जिलानी सोमिमनलाई १० मिनेटमै दिइएको थियो । उनलाई श्रम विभागका महानिर्देशक उदयकुमार गुप्ता र जनकपुर कार्यालयका निमित्त प्रमुख मनोजकुमार यादवले फूलमाला लगाई मिठाई खुवाएका थिए ।

तर आइतबार बिहान ९ः२५ बजे कार्यालयको दृश्य मिठाई खुवाउने बेलाको जस्तो थिएन । सेवाग्राहीको सास्ती हेरिनसक्नु थियो । एकसातासम्म पनि काम नबनेपछि उनीहरु हैरान थिए ।

रौतहट गौरका प्रवीण यादव राति २ बजेदेखि लाइन लागे । उनी शनिबार साँझ जनकपुर आएका थिए । उनलाइ तुरुन्त साउदी उड्नु छ तर काम हुने छाँटकाँट थिएन । महोत्तरी मगरथानाका २४ वर्षीय नजामुद्दिन मलेसिया जानु छ । उनी बिहान ५ बजेदेखि लाइनमा थिए । चार दिनसम्म उनको काम बनेको छैन । टोक लिएपछि उनलाई कर्मचारीले आजभोलि भन्दै टार्दै आएका छन् ।

श्रमस्वीकृति लिन एक सातासम्म चक्कर काट्नुपर्ने अवस्था अझैपनि जनकपुरको श्रम कार्यालयमा छ । त्यसैगरी त्यहाँको कार्यालय अव्यवस्थित र भद्रगोल छ भने कर्मचारी एकदमै रिसाहा प्रवृतिका छन् । कार्यालयमा सेवाग्राहीको भीड लागेपछि कार्यालयले प्रहरीको सहारा लिएको छ । प्रहरीले पनि तिनै सर्वसाधारणलाई नै कुटेको छ जो तीन दिनपछि साउदी उड्नु छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.