साना किसान विकास बैंक र डिप्रोक्स लघुवित्तको बाेनस सेयर सूचिकृत

  २०७५ चैत ४ गते १८:३५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा साना किसान विकास बैंक र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । सोमबार यी दुई संस्थाको गरी कुल २२ लाख ७५ हजार १७०.२२१८ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

सो मध्ये साना किसान विकास बैंकको १५ लाख ७२ हजार ०६९.८२ कित्ता बोनस सेयर बजारमा थपिएको छ । त्यस्तै, डिप्रोक्स लघुवित्तको ७ लाख ३ हजार १०० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.