वनजंगल संरक्षणका लागि २९ लाख घरधुरी सक्रिय

  २०७५ चैत ४ गते १७:३५     सुनिता पुडासैनी


काठमाडौं । नेपालमा वनजंगलको संरक्षणका लागि २२ हजार ३ यस सामुदायिक वन उपभोक्ता समूह क्रियाशील रहेका छन् । यी समूहमा आवद्ध २९ लाख ६१ हजार घरधुरी वनसंरक्षणका लागि क्रियाशील हुँदै आएका छन् । नेपालका ७ वटै प्रदेशमा सामुदायिक वन उपभोक्ता समूह क्रियाशील रहेका छन् ।

वन संरक्षणका लागि नेपालमा सामुदायिक वन उपभोक्ता समूह मार्फत भएको काम विश्व स्तर मै उदाहरणीय रुपमा लिइन्छ । सामुदायिक वन उपभोक्ता समूह वन संरक्षण र संवद्धनको हिसावले, सामाजिक विकास र नेतृत्व विकासको हिसावले अगाडि बढी रहेको सामुदायिक वन उपभोक्ता महासंघका सचिव ठाकुर भण्डारीले बताए ।

वातावरण संरक्षणका लागि २०४६ सालमा पहिलो पटक वन क्षेत्रमा पनि ३३ प्रतिशत महिला सहभागी हुनु पर्ने, वनको वरपर बस्ने मानिसलाई शासन गरेर होइन मालिकको रुपमा संरक्षण, सम्बद्र्धन गर्नका लागि नीति नियमको बारेमा निर्णयका भई स्थानीय स्तरका मानिसले सो सम्बन्धी हक प्रदान गर्न पाउने व्यवस्था लागु भएको थियो ।

सामुदायिक वनलाई नीति नियम निर्माणकर्ताहरुले बैंक, सहकारी तथा बित्तीय संस्थाको रुपमा हेर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघका सचिव ठाकुर भण्डारीले बताए । सामुदायिक वनबाट कर लिने विषयलाई लिएर सामुदायिक वन उपभोक्ता महासंघले विरोध जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.