लक्ष्मी बैंकले शुरु गर्यो लक्ष्मी आरोग्य स्वास्थ्य कार्यक्रम, स्वास्थ्य सेवामा ३० % सम्म छुट

  २०७५ चैत ४ गते १६:३८     विकासन्युज

काठमाडौँ । लक्ष्मी बैंकले ग्राहकहरुलाई स्वस्थ जीवनशैलीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले लक्ष्मी आरोग्य स्वास्थ  सम्बन्धी कार्यक्रमको सुरुवात गरेको छ ।

लक्ष्मी बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरु समावेश हुन सक्ने यस योजना अन्तर्गत ग्राहकहरुले काठमाडौं उपत्यकाका विभिन्न ख्यातिप्राप्त अस्पताल तथा स्वास्थ्य संस्थाहरुको सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग गरिएको सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले साझेदार अस्पतालहरुमा २०% सम्म तथा आरोग्य केन्द्रहरुमा ३०% छुट प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरेर समेत यो सुविधा प्राप्त गर्न सकिनेछ । यसका अतिरिक्त लक्ष्मी बैंकका ग्राहक तथा तीनका परिवारलाई आफ्नो सेवामा प्राथमिकता प्रदान गर्न समेत सहभागी अस्पताल तथा स्वास्थ्य केन्द्रहरु सहमत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.