नर्भिक इन्टरनेशनल हस्पिटलबाट पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी डिस्चार्ज

  २०७५ चैत ४ गते १४:४३     विकासन्युज

काठमाडौँ । पूर्व बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाह सोमबार नर्भिक इन्टरनेशनल हस्पिटलबाट डिस्चार्ज भएकी छिन् । फागुन २१ गते नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारको लागि भर्ना भएकी थिइन् ।

पूर्व राजा ज्ञानेन्द्र वीर विक्रमशाह देव, पूर्व रानी कोमलराज्य लक्ष्मीदेवी शाह एवम् पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहबाट उपचारको क्रममा सहयोग पुर्याउने नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सक, कर्मचारी, व्यवस्थापनएवं सरोकारवाला सबैलाई र शीघ्र स्वास्थ्यलाभको कामना गर्ने सबै शुभेच्छुकहरुलाई धन्यवाद दिएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.