रुपन्देहीको मुर्गियामा नेपाल बैंक लिमिटेडको शाखा पुनस्र्थापना

  २०७५ चैत ४ गते १२:१८     विकासन्युज


काठमाडौँ । नेपाल बैंक लिमिटेडले प्रदेश नम्बर ५ अन्तर्गत रुपन्देही जिल्ला सैनामैना न.पा.वडा नम्बर ३ मुर्गियामा शाखा पुनस्र्थापना गरेको छ ।

उक्त शाखा सशस्त्र द्वन्द्वकालमा कमजोर शान्ति सुरक्षाको कारणले वि.सं. २०५६ चैत ८ गते स्थानान्तर गरिएको थियो ।

वि.सं.१९९४ सालमा देशको अग्रणी बैङ्कको रुपमा स्थापित नेपाल बैङ्क लिमिटेडले देशका ६१ जिल्लामा १६० शाखा १२ वटा एक्सटेन्सन काउन्टर ७९ वटा एटिएम आउटलेट् मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैङ्किङ्ग सेवा पु¥याईरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.