म पसेपछि खाल्टो माथि उठ्नुपर्छ, अपवाद नबन्नुस्ः अर्थमन्त्री

  २०७५ चैत ४ गते ११:१७     विकासन्युज

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले आफुले शिलान्यास गर्ने हरेक भवनको निर्माण तीव्र गतिमा हुनै पर्ने बताएका छन् । काठमाडौँ नयाँबानेश्वर स्थित तरकारी बजारमा नागरिक लगानी कोषको भवन शिलान्यास कार्याक्रममा सोमबार अर्थमन्त्री खतिवडाले यस्तो कुरा बताएका हुन् ।

सो कार्यक्रममा अर्थमन्त्री खतिवडाले भने–म पसेपछि खाल्टो माथि उठ्नुपर्छ, त्यसमा नागरिक लगानी कोष अपवाद नबनोस् । कोषले २९ औं वार्षिकोत्सवका अवसरमा भवन शिलन्यास कार्यक्रम गरेको हो । सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका कामु गर्भनर चिन्तामणि शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।

नागरिक लगानी कोषले विभिन्न ११ वटा बचत योजनामा देशभरका ४ सय संघसंस्थाका ६ लाख ३१ हजार कर्मचारीको बचत संकलन गर्दै आएको छ । आगामी दिनमा बचतका नयाँ नयाँ योजना ल्याउने नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.