ओम डेभलपमेन्ट बैंक र एनबिआईबीच क्षमता विकासमा साझेदारी

  २०७५ चैत ३ गते १९:०९     विकासन्युज

काठमाडौं । ओम डेभलपमेन्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्यूट (एनबिआई)बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) बिश्व मोहन अधिकारी तथा एनबिआईका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले हस्ताक्षर गरेका हुन् । बिकास बैंकहरु मध्ये समझदारीपत्र हस्ताक्षर गर्ने ओम विकास बैंक पहिलो बैंकको रुपमा रहेको छ ।

उक्त समझदारीपत्रमा नेशनल बैंकिङ्ग इन्स्टिच्यूट मार्फत ओम डेभलपमेन्ट बैंकका १०० भन्दा बढी कर्मचारीहरुलाई विशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण (जानबी) कोर्स प्रदान गर्ने सहमति भएको छ । बैंकिङ्ग कर्मचारीहरुको क्षमता एवम् दक्षता अभिवृद्धि गर्ने प्रयास स्वरुप यो कोर्सको विकास गरिएको हो ।

कर्मचारीहरुको क्षमता वृद्धि तथा बैंकिङ सम्बन्धी ज्ञान, सिप र शिक्षामा अझ बढी निखार ल्याउने साथै भविष्यमा बैंकिङ क्षेत्रमा अब्बल रुपमा उभ्याउनु यसको उद्देश्य रहेकोे बैंकका सीईओ अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.