आन्तरिक पर्यटक भएर मेलम्ची पुगेका पूर्णवहादुर,‘जो इञ्जिनियर बन्ने सपना त्यागेर शिक्षक बने’

  २०७५ चैत ३ गते १८:३०     राजाराम न्यौपाने


काठमाडौँ । काभ्रेपलाञ्चोक कोशीपारी घर भएका पूर्णबहादुर गौतम २०४१ सालमा साथीहरुसँग घुम्ने शिलशिलामा सिन्धुपाल्चोकको मेलम्ची ध्याङ पुगेका थिए । त्यहाँ विद्यालय थिएन, बालबालिका शिक्षाबाट बञ्चित रहँदै आएका थिए, यो अवस्था देखेपछि उनले एउटा अठोट गरे,  गुणस्तरीय शिक्षा प्रदान गर्दै शिक्षाको ज्योति फैलाउन सोच बनाए ।

घुम्न गएको भएपनि उनी त्यहाँको प्राकृतिक सुन्दरता हेरेर मात्र फर्किएनन्, उनले एउटा अठोट पनि लिए । घुम्न गएको केही दिन पनि उनी पुनः मेलम्ची ध्याङ गए, उनले स्थानीय गाउँलेसँग सल्लाह गरे । २०४१ सालमा विद्यालय स्थापना गरे र सो सामुदायिक विद्यालयको प्रधानाध्यापक भएर उनका ३४ वर्षदेखि सेवा गरिरहेका छन् । २०६३ सालबाट १० कक्षाको पढाई शुरु भएको र अहिलेसम्म शत प्रतिशत नतिजा दिन सफल भएको उनी बताउँछन् । उनले भने–विगतको एसएलसी र अहिलेको एसइईमा राम्रो नतिजा आइरहेको छ ।

उनी भन्छन् ‘सफलता हात पार्नको लागि इच्छाशक्ति मुख्य हुँदो रहेछ । हाम्रो विद्यालयलाई हेरेर निजी वद्यालय मात्रै राम्रो हुन्छ भन्नेहरु पनि दंग परेका छन् ।’ आफ्नो कामप्रति जिम्मेवार भएर लागेँ–देखेको सपना पूरा भयो–उनले भने ।  अहिले सो विद्यायलमा १८ जना शिक्षकमध्ये ५ स्थानीय र १३ बाहिरका छन् । १० जना शिक्षकलाई सरकारी तलब दिएका छौं भने बाँकी ८ लाई निजी स्रोतबाट तलब खुवाएका छौँ–उनले बताए ।

पर्यटकले गर्छन् विद्यालयलाई सहयोग
मेलम्ची घ्याङ्ग घुम्न आएका पर्यटहरलाई एकपटक विद्यालयमा ल्याएर पनि घुमाउने गरेका छौं । प्रधानाध्यापक गौतम भन्छन्– ‘पर्यटकहरुले विद्यालयको बारेमा जानकारी पाएपछि सहयोग गरिरहेका छन् । विदेशी पर्यटकबाट सहयोग लिएर नै विद्यालय सञ्चालन गरेको भइरहेको छ ।’

२०७२ सालको भूकम्पले क्षति पुर्याएको सो विद्यालयको पुनर्निमाणका लागि विदेशी संस्थाले सहयोग गरेका छन् । अहिले विद्यालयको पुनर्निमाणको काम भैरहेको छ । बैशाखसम्म केही बनिसक्छ, केही बनाउन बाँकी नै छ । विद्यालयमा विभिन्न जिल्लाका विद्यार्थी होस्टलमा बसेर अध्ययन गर्ने सुविधा रहेको प्रधानाध्यापक गौतमले सुनाए । उनका अनुसार २५२ विद्यार्थीलाई होस्टेलमा राखिएको छ । विद्यालयमा बाहिरी जिल्लाका १२ विद्यार्थी छन् । सो विद्यालयमा पढ्न आउने अरु विद्यालयका विधार्थीले प्रवेश परीक्षा दिनु पर्छ ।

विद्यालय राम्रो बनाउन के के गरे
हिमालको काखमा र कच्ची बाटो भएर सिन्धुपाल्चोक जिल्लाको अन्तिम बस्ती, मेलम्ची घ्याङ्गमा रहेको मेलम्ची घ्याङ्ग माध्यमिक विद्यालय सानो कोठा शुरु भएको उनी स्मारण गर्छन् । उनी इञ्जिनियर बन्न चाहन्थे तर परिस्थितिले उनलाई शिक्षक बनायो । उनले भने–देशका लागि केही गर्छु भन्ने थियो, शिक्षा क्षेत्रबाट योगदान गर्न पाएकोमा खुशी छु ।

विद्यालय खोल्न कसकसको सहयोग रह्यो ?
विद्यालय स्थापना गर्ने क्रममा दोर्जे शेर्पा र लाकु दोर्जे शेर्पा संस्थापक रहेका थिए । उनले भने–‘मैले हेलम्बुवासीसँग विद्यालय खोल्छु, खान–बस्न दिनुस् भनेपछि उहाँहरूले विद्यालय नभएको ठाउँमा विद्यालय खोल्छु भन्दा खुशी भएर हुन्छ भनेको उनी सम्झन्छन् ।’ विद्यालय शुरु गर्दा १९ विद्यार्थी थिए । मेलम्ची घ्याङ्ग रहेको सो विद्यालयउमा अंग्रेजी माध्यममा पढाई हुन्छ । मेलम्ची घ्याङ्ग रहेको सो विद्यालयमा अंगे्रजी मात्र नभएर कक्षा १ देखि ५ सम्म तिब्बतीयन भाषाको पनि पढाई हुने गरेको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.