राष्ट्रिय परिवार योजना सम्मेलन यही चैत ४ र ५ मा हुँदै

  २०७५ चैत ३ गते १४:५०     विकासन्युज

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको आयोजनामा राष्ट्रिय परिवार योजना सम्मेलन हुने भएको छ। “पहुँचबाहिर परेकालाई समेट्ने” भन्ने मुल नाराको साथ सम्मेलन यही चैत ४ र ५ गते दर्बारमार्गको याक एन्ड यती होटलमा हुने कार्यक्रमको उद्घाटन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र् यादवले गर्ने रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको आयोजना र संयुक्त राष्ट्रसंघिय जनसंख्या तथा आड्राको सहयोगमा र परिवार योजना संघसंस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना हुन गईरहेको हो।

कार्यक्रमको पहिलो दिन परिवार नियोजन सेवाको पुर्त तथा अपरिपुर्त माग, परिवार नियोजन सेवामा पहुँचबाहिर रहेकालाई समेट्ने, परिवार, परिवार नियोजनको साधनको माग सिर्जना र व्यवहार परिवर्तनको बिषयमा उपलब्धी प्रस्तुत हुने सम्मेलनका अध्यक्ष डा. आर पि बिछाले बताए।

त्यस्तै कार्यक्रमको दोस्रो दिन नेपाली महिलाहरुको परिवार नियोजनका साधन, मात्री तथा नव शिशुको स्वास्थ्य आवश्यकता पुरा गर्न लागत र लाभको आर्थिक विश्लेषण आधारित हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.