बीमा कम्पनीमा भूकम्प पीडितले गरे १६ अर्ब दाबी, ६ महिनामा १४ अर्ब रुपैयाँ भुक्तानी

  २०७५ चैत ३ गते १३:२१     नबिन पोखरेल


काठमाडौ । चालु आर्थिक बर्षको पछिल्लो ६ महिनामा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले भूकम्पमा क्षति भएको भन्दै परेको १४ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ बराबरको दाबी फछ्र्यौट गरेका छन् । भूकम्पका कारण कूल बीमा दाबी १६ अर्ब २६ करोड ९२ लाख रुपैयाँ परेको थियो । यस्तै, १६ अर्ब ८६ करोड १६ लाख रुपैयाँ भने बीमा समितिको अनुमानित दाबीको रुपमा रहेको उप-निर्देशक ध्रुव तिमल्सिनाले बताए ।

बीमा कम्पनीहरुले भूकम्पको दाबी फछ्र्यौट गरेको रकम ९ अर्ब ८१ करोड ९ लाख रुपैयाँ पुनर्बीमकबाट प्राप्त भएको छ । भुकम्पबाट क्षती पुगेर परेका दाबीको भुक्तान गर्नु अघि १५ हजार ८ सय ३३ जना सर्भेयर खटाईएको थियो । साथै, ती सभेर्यरहरु मार्फत १५ हजार ६ सय ५७ वटा प्रतिवेदन प्राप्त भएको छ । यस्तै, १ सय ७६ वटा प्रतिवेदन भने प्राप्त हुन बाँकी छ ।

पूनर्बीमा मार्फत कति विदेसियो खुद बीमा शुल्क ?
जीवन बीमा कम्पनीहरुको पूनर्बीमा मार्फत आर्थिक बर्ष ०७४/०७५ मा १ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको थियो । सो रकम आर्थिक वर्ष ०७०/०७१ देखि ०७४/७५ सम्ममा सबैभन्दा धेरै रकम हो । यस्तै, आर्थिक बर्ष ०७३/०७४ मा ९९ करोड, आर्थिक बर्ष ०७२/०७३ मा ७६ करोड, ०७१/०७२ मा ७४ करोड र आर्थिक बर्ष ०७०/०७१ मा ६२ करोड बाहिर गएको तथ्याङ्कले देखाउँछ ।

यस्तै, निर्जीवन बीमातर्फ भने आर्थिक वर्ष ०७४/०७५ मा ७ अर्ब ८७ करोड रुपैयाँ पूनर्बीमा मार्फत बाहिरिएको देखिन्छ । तर, आर्थिक बर्ष ०७३/०७४ मा ८ अर्ब ३० करोड रुपैयाँ बाहिरिएको देखिन्छ । आर्थिक बर्ष ०७२/०७३ मा ६ अर्ब ४५ करोड रुपैयाँ, आर्थिक बर्ष ०७१/०७२ मा ५ अर्ब ४३ करोड रुपैयाँ बाहिर गएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.